Sujang

डोटीको बगलेकमा पाठेघरको मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन् स्वास्थ्य शिविर 

Ban
डोटी :  डोटीमा महिलाहरूको पाठेघर मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपाल परिवार नियोजन संघ डोटी शाखाको आयोजना तथा पुर्बीचौकी गाउँपालिकाको आर्थिक सहयोग र स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम  मङ्गलवार पुर्बीचौकी गाउँपालिका – २ को  स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको हो ।
शिविर सञ्चालन कार्यक्रममा बोल्दै पुर्बीचौकी गाउँ पालिका उपाध्यक्ष पशुपति खड्काले स्वास्थ्य शिविरले रोगको पहिचान हुने बताइन् । ग्रामीण क्षेत्रमा अहिले पनि रोगलाई लुकाएर बसेका महिलादिदि बहिनीलाई यस्ता स्वास्थ्य शिविर राहत पुग्ने बताउँदै आगामी दिनमा सबै वडामा शिविर सञ्चालन गरिने बताइन् ।
कार्यक्रममा बोल्दै पुर्बीचौकी गाउँपालिका वडा -४ का वडा अध्यक्ष बलबहादुर खड्का पालिका यस्ता विभिन्न किसिमका शिविर सञ्चालन गर्दै आइरहेको बताए । जनमत कदर गर्दै जनताको समस्या संघ नजिक भएर स्थानीय सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
Krishi
कार्यक्रममा बोल्दै पुर्बीचौकी गाउँपालिका वडा -२ का वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले यस्ता शिविरहरूको भरपुर सेवा लिन अनुरोध गरे । यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने समेत बताए ।
शिविर सञ्चालन कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघ डोटीकी सभापति प्रेमा श्रेष्ठले महिलाको समस्या महिलाले बुझ्ने भएकाले विभिन्न ठाउँमा शिविर सञ्चालन गर्न सहयोग गरेको पालिकालाई धन्यवाद दिईनन् । उनले भनिन् ,´नेपाल परिवार नियोजन संघले महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी निरन्तर रूपमा काम गर्दै आइरहेको छ।  ग्रामीण क्षेत्रका महिलाहरू अहिले पनि स्वास्थ्य समस्यालाई लुकाएर बसेकाले ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गरेका हौँ । शिविरमा धेरै महिला दिदीबहिनीले सेवा लिएर समस्याबाट छुटकरा पाउने छन् ।`
आगामी दिन पनि निरन्तर रूपमा स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गरिने सभापति श्रेष्ठले बताइन्।
अहिले पनि पालिकाका केही ठाउँ भाैगलिक विकटताको समस्यामा परेको हुँदा शिविर मार्फत स्वास्थ्य समस्यामा परेका महिलाहरूलाई  स्वास्थ्य संस्था सम्मको पहुँचमा  पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको पुर्बीचौकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद पाठकले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल परिवार नियोजनका कोषाध्यक्ष रघु कठायतले स्वास्थ्य नै धन भएकाले हामी सबै मिलेर यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सहभागीहरूलाई स्वागत गरेका थिए।
कार्यक्रममा परिवार नियोजन संघका सचिव सेर बहादुर बोगटी, परिवार नियोजन संघ डोटी शाखा प्रमुख गिरिराज भण्डारी , जिल्ला स्वास्थ्यमा कार्यरत डाक्टर राजेन्द्र फुलारा,नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम ,स्वास्थ्यकर्मि, सेवा ग्राही लगायतको उपस्थित रहेको थियो ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.