Sujang

नेपाली सेनाद्धारा बिद्यार्थिलाई सचेतनामुलक कार्यक्रम

Ban

गणेश मौनी,भाद्र २८-डोटी सिलगढीमा अबस्थीत नेपाली सेना भैरव प्रसाद गणले नेपाली सेनाको भर्ना प्रक्रिया सम्बन्धी बिद्यार्थिहरुलाई सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।
दिपायल सिलगढी नगरपालीका वडा नम्बर ६ मा रहेको पद्यम पब्लीक मुक्ती नारायण माध्यमिक विद्यालयमा अध्यनरत ८ देखी १२ कक्षासम्मका विद्यार्थीहरुलाई मंगलबार गणले नेपाली सेनाको भर्ना प्रक्रिया सम्बन्धी जानकारी गराएको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत कार्किले बताए ।

देशभर भर्ना प्रक्रियाका लागि सुचना आह्वान भएको छ । उनले भने,´ धेरै जसो युवाहरु प्रक्रियाको बारेमा जानकारी नभई अलमल्ल हुनुका साथै भर्ना प्रक्रियामा छनोट हुन नसक्ने भएकाले नेपाल सेनामा भर्ना हुन चाहाने युवाहरुलाई आवश्यक सहयोग पुगोस भन्ने हेतुले भर्ना प्रक्रीयाको बारेमा जानकारी गराएको हो ।`
भर्ना प्रक्रीयाको बारेमा जानकारी प्रमुख सेनानी कार्किले गरेका थिए ।                                                    गणले विद्यालयको प्रांगणमा विपद्व्यवस्थापन सम्बन्धी डेमो प्रस्तुत गर्दै छात्राहरुलाई सेनेटेरी प्याड समेत वितरण गरेको थियो ।

Krishi

पछील्लो समयमा नेपाली सेना भैरब प्रसाद गणले डोटीमा विभिन्न सचेतनामुलक कार्यक्रम, सामाजिक सेवाका काम गर्नुका साथै खेलकुद प्रर्वद्धन र बिकासमा समेत सहयोग गर्दै आईरहेको छ ।

नेपाली सेनाले देशभरका २८ वटा व्यारेक र गुल्मबाट भाद्र २४ गते देखी असोज २३ गतेसम्म दरखास्त दिन सकिने गरी कुल ४ हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक,अभिभावक र बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.