Sujang

सरल सिप सम्बन्धी चार दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

Ban

गणेश मौनी,डोटी :साथी शिक्षकहरुका लागि आयोजना गरेको सरल सिप सम्बन्धी चार दिने प्रशिक्षक प्रशिक्षण तालिम बुधबार दिपायलमा सम्पन्न भएको छ ।
समान पहुच बिकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजन इन्टरनेशनलको संयुक्त साझेदारीमा संचालित एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत रहेका साथि शिक्षकहरुका लागि आयोजना गरेको प्रशिक्षण तालिम सम्पन्न भएको सिड नेपाल द्धारा संचालित एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना कार्यक्रम संयोजक शुनिल जोशीले बताए ।

Krishi

चार दिन सम्म संचालन भएको तालिममा आत्म जागरण, स्व सचेतना, हिंसा, प्रभावकारी सञ्चार, असल बानी र सुधार गर्नुपर्ने बानी, हात हुने बानिको बिकास, अनलाईन सुरक्षा लगाएतका विभिन्न विषय बस्तुहरुमा छलफल गरिएको संयोजक जोशीले बताए ।
चार दिन सम्म संचालन भएको तालिममा सायल गाउँपालिका, आदर्श गाउँपालिका पूर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका ३२ जना साथी शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजिकरण समान पहुच बिकास केन्द्र (सिड नेपाल) द्धारा संचालित एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना कार्यक्रम संयोजक शुनिल जोशी, कार्यक्रम अधिकृत दिपीका बोहरा, बाल संरक्षण परिचालक तेज बागले गरेका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.