Sujang

बडीकेदारमा पनि मनाईयो महिला श्रमीक दिवस

Ban
Krishi

गणेश मौनी :डोटीको बडीकेदार गाउँपालिकाका विभिन्न स्थानहरुमा १ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमीक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ गाउँपालिका अन्तरगत रहेका सबै वडाहरुमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरि दिवसलाई मनाईएको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी बिष्ट कलेलले बताईन् ।
महिला श्रमीक दिवसको अवसरमा सबै वडाहरुमा जनचेतनामुलक कार्यक्रम डेउडा सास्कृतीकका साथै लैंगिक हिंसा, बाल बिबाह, बहुबिबाह, महिला हिंसा, छाउपडी प्रथाको बारेमा सहभागिहरुलाई जानकारी गरिएको समेत उपाध्यक्ष कलेलले बताईन् ।उपाध्यक्ष वडा नम्बर ३ मुलेचौरमा आयोजित कार्यक्रममा सहभागि भएकी थिईन् ।
विभिन्न वडाहरुमा गरिएको कार्यक्रममा आमा समुह, महिला समुहहरुले आफ्ना विभिन्न प्रतिभाहरु प्रस्तुत गर्नुका साथै संयुक्त डेउडा खेल प्रदर्शन गरेका थिए ।
बडीकेदार गाउँपालिकाको बडा नम्बर १ को देउली , वडा नम्बर २ को बर्छैन , वडा नम्बर ३ विरेन्द्र मा वि मटेला , वडा नम्बर ४ को जुनीचौतारा , र वडा नम्बर ५ को रन्तोला लगाएतका स्थानहरुमा कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधी, नागरिक समाज, पत्रकार, कलाकार, स्थानिय लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.