Sujang

सामाजिक सेवा नै धर्म हो : सिंह

Ban

प्रकाश बम ,डोटी – सामाजिक सेवा गर्नु नै सबैभन्दा ठुलो धर्म हुने जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताएका छन् ।

शुक्रवार ब्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरले शिवरात्रिको पूर्व सन्ध्यामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सामाजिक सेवा अनवरत रूपमा लागि रहेकाहरूले धर्म खोज्न कतै जानू नपर्ने उनले बताए । जति आनन्द धर्ममा हुन्छ त्यति अरू कुनै ठाउँमा नभएको समेत सिंहले बताए ।

उनले भने ,‘धार्मिक आस्था मात्र बोक्नु हुदैन् । धार्मिक आस्था मनै देखि राख्न सके सत मार्गको बाटो अपनाउन सकिन्छ । ’

Krishi

उक्त कार्यक्रममा बोल्दैपूर्व मन्त्री भक्त बहादुर बलायरले नेपालीहरूबिच आपसी सद्भाव र मेलमिलापका रूपमा चाडपर्वको ठुलो महत्त्व रहेको बताए ।

ब्रह्म कुमारी ईश्वरीय विद्यालयले दिएको ज्ञानले केही मात्रामा भए पनि समाजमा हुने हत्या ,हिंसा, कुरीति, कुलत लगायतका घटना न्यूनीकरण महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले ब्रह्ममा कुमारी ईश्वरी विश्व विद्यालयले दिने ज्ञान सबैले सिक्न आवश्यक रहेको बताए ।
उनले भने,‘रीति रिवाज चाल चलन भेष भूषा जोगाउन ब्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालयको महत्त्वपूर्ण भूमिका खेलेको छ।’

ज्ञानको ज्योति बाल्न ब्रह्ममा कुमारी ईश्वरीय विश्वले महत्त्वपूर्ण काम गरेको शिक्षक महासंघ डोटी अध्यक्ष शंकर कठायतले बताए। अहिलेको शिक्षा सँगै बालबालिकाहरूलाई संस्कार ,संस्कृति लगायत ज्ञान दिन आवश्यक रहेको बताए ।

ब्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरकी प्रमुख सञ्चालिका जानकी दिदीको सभापतित्व भएको कार्यक्रममा शिखर नगरपालिकाका उप प्रमुख सुनिता रावल जोरा, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य गीता नेपाली , एकीकृत समाजवादी जिल्ला सह सचिव ऐश्वर्या विष्ट , विभिन्न कार्यालयका प्रमुख प्रतिनिधि ,समाज सेवी, कर्मचारी, व्यापारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न गितमा नृत्य समेत देखाइएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.