Sujang

‘रेशमको रिहाई आवश्यक छ’ -माधव नेपाल

Ban

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।समाजवादी प्रेस संगठन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीलाई रिहा गर्नुपर्ने बताएका हुन् ।

Krishi

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाई रिहा गर्न आवश्यक रहेको उनले दाबी गरे ।

‘उहाँ रेशमलाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतीका विषयवस्तु र मुद्दालाइ छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.