Sujang

बास नेपालद्वारा रक्तदान तथा स्वास्थ्य परिक्षण

Ban

गणेश मौनी :शहिद दिवसको अवसरमा बास नेपाल डोटी शाखाले रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

Krishi

रक्तदान जीवनदान भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सहयोग पुगोस भन्ने हेतुले नेपाल रेडक्रस सोसाईटी डोटी शाखाको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बास डोटी शाखाका अध्यक्ष शरिता कठायतले बताईन् । उनले भनीन बास नेपालका थुप्रै साथीहरुले रक्तदान गर्ने चाहान थियो सोही अनुरुप सबै साथीहरु आएका थिए तर जिल्लामा रगत स्टोरेज र खपतको अवस्था धेरै नहुदाँ ईच्छुक साथीहरुले रक्तदान गर्न नपाएको अध्यक्ष कठाएतले बताईन् । बास नेपालका पदाधीकारी मनसरा देउवा र नयन बम दुई जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्ने शाखाका पदाधीकारी र बास नेपाललाई नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले प्रमाण पत्र उपलब्ध गराएको छ ।

दिवसको अवसरमा जिल्ला अस्पताल डोटी संगको समन्वयमा बास नेपाल डोटी शाखा संग आबद्ध २५ जना सदस्यहरुको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गराएको शाखाले जनाएको छ । स्वास्थ्य परिक्षण सामान्य चेकजाच, ब्लड ग्रृप पहिचान समेत रहेको थियो ।
रक्तदान कार्यक्रममा जिल्ला अस्पताल डोटीका अध्यक्ष धन बहादुर नेपाली, अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट निराजन श्रेष्ठ, बास नेपाल सुदुरपश्चिम प्रदेश सचिब गणेश मौनी, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधी, बास जिल्ला शाखाका पदाधीकारी, स्वयंमसेवक, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.