Sujang

दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु

Ban

दार्चुलाका छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ। लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भिरबाट खसेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लाली बजारतर्फ जाने क्रममा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा खसेका थिए।

Krishi

यस्तै बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको छ। हुस्कर माध्यमिक विद्यालय काँटैको विद्यालयको धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी पसलको डिलमा बसेर घाम तापिरहेका बेला भिरबाट खसेका प्रहरीको भनाई छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.