Sujang

भूकम्प पीडितलाई दिसिनपा नगर प्रमुख खड्काद्वारा ३ लाखको चेक हस्तान्तरण

Ban
मंसीर १९, सिलगढी – डोटीको पुर्विचौकी गाउँपालिकाका भूकम्प पीडितलाई दिपायल सिलगढी नगरपालिकाले तीन लाख आर्थिक सहयोग गरेको छ ।
सोमवार नगर प्रमुख बाजी खड्का `विजय´ले पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायलाई दिपायल सिलगढी नगर पालिकाको कार्यालयमा चेक हस्तान्तरण गर्नु भएको हो।
गत बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
भूकम्पले सबै भन्दा बढी मानवीय तथा भौतिक क्षति पुर्बिचौकि गाउँपालिकामा भएकाले पीडित परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले नगरपालिले सहयोग  गरेको नगर प्रमुख बाजि सीँ खड्काले बताए ।
नगर प्रमुख खड्काले भने,‘ अहिले पनि त्यहाँका स्थानीय त्रिपालमुनि वास बस्न बाध्य छन् । अत्यन्तै पीडादायी घटना भएको छ । यति बेला सबैले मानवीय संवेदना देखाउनु पर्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न म आग्रह गर्दछु ।’
Krishi
पीडितहरूका लागि विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भइरहेको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए। प्राप्त सहयोगलाई  एकद्वारा प्रणालीद्वारा वितरण गरिने पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए।
स्थानीय सरकारमा काठमाडौँ  महानगरपालिकाले १० लाख र दिपायल सिलगढी नगरपालिकाले ३ लाख आर्थिक सहयोग गरेको छ । हाल प्रभावित त्रिपालमुनि बसिरहेका छन् ।
भूकम्पबाट क्षति पुगेको ठाउँ खप्तडसँगै जोडिएको हुनाले त्यहाँ हिउँ पर्ने समय हुनै लागेकोले पनि चाँडै अस्थायी टहरा निर्माण गर्ने तयारी भइरहेको अध्यक्ष उपाध्यायले बताए ।
गत कार्तिक २३ गते  खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाको आश्रम नजिक केन्द्र बिन्दु बनाएर भूकम्प  गएको थियो ।
जसले गर्दा  पुर्बिचौकी गाउँपालिकाका धेरै स्थानीय घरविहीन बनेका छन् । भूकम्पमा परी गैरा गाउँका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.