Sujang

भूकम्प पीडितलाई दिसिनपाले ३ लाख सहयोग गर्ने निर्णय

Ban
मंसिर, १६ गते, डोटी-डोटीको पुर्विचौकी गाउँपालिकाका भूकम्प पीडितलाई दिपायल सिलगढी नगरपालिकाले ३ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको नगर कार्यपालिकाको बैठक बाट सहयोग गर्ने निर्णय गरेको हो ।
भूकम्पले सबै भन्दा बढी मानवीय तथा भौतिक क्षति पुर्बिचौकि गाउँपालिकामा भएकाले पीडित परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले नगरपालिले सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख बाजि सीँ खड्काले बताए ।
नगर प्रमुख खड्काले भने,‘ हामीले गाउँपालिकाको राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छौं । अहिले पनि त्यहाँका स्थानीय त्रिपालमुनि वास बस्न बाध्य छन् । अत्यन्तै पीडादायी घटना भएको छ । यति बेला सबैले मानवीय संवेदना देखाउनु पर्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न म आग्रह गर्दछु ।’
Krishi
भूकम्पका कारण धेरै जसो महिला तथा बालबालिका बढी प्रभावित भएकाले स्थायीको दैनिकीमा थोरै भए पनि सहयोग पुगोस् भनेर पालिकाले सहयोग गर्ने निर्णय गरेको नगर उप प्रमुख  कलावती महर साउँदले बताइन् ।
नगरपालिले सहयोग गर्ने रकम एक,दुई दिनमा गाउँपालिकाको राहत कोषमा जम्मा गरिने दिसिनपाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले जानकारी दिए ।
 ।
गत कार्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका लगायत जिल्लाका विभिन्न ठाउँमा दर्जनौँ घर क्षति पुर्‍याउनुका साथै पुर्विचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । गाउँपालिकाको राहत कोषमा सहयोग गर्ने र स्वयम भूकम्प पीडित सम्म पुगेर सहयोग गर्ने दाताहरू निरन्तर बढी रहेका छन्।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.