Sujang

पोखरी बहुउद्देशिय सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

Ban

भदौ २२ गते -पोखरी बहुउद्देशिय सहकारी संस्था को १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

डोटीको पुर्विचौकि गाउँपालिका – ७ पोखरीमा रहेको पोखरी बहुउद्देशिय  सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा संगै बैक प्रणालि अन्तर्गतको विप्रेषण सेवाको उद्घाटन पुर्विचौकी गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय गरेका हुन्  ।

Krishi

एक हजार ७३ शेर सदस्य रहेको पोखरी बहुउद्देशिय सहकारी संस्थाको १ करोड नब्बे हजार बराबरको कारोबार रहेको संस्थाका अध्यक्ष राज बहादुर बडैलाले जानकारी दिए । अध्यक्ष बडैलाने भने,´ बैक प्रणालि अन्तर्गतको विप्रेषण सेवा सुरु आजै बाट हुनेछ । देश बिदेशबाट पैशा पठाँउन तथा निकाल्नको लागी स्थानीय सबै शेयर सदस्य र वडाबासीलाई सहजहुने छ।`

 

कार्यक्रममा बोल्दै पुर्विचौकी गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले सहकारी मार्फत धेरै आय आर्जनका क्रियाकलाप हुने भएकाले पालिकाबाट सदैव सहयोग गर्ने बताए । सहकारीले बैक प्रणालि अन्तर्गतको विप्रेशण सेवा सुरु गरेर जनतालाई  सेवा दिएकोका सबै शेयर सदस्यलाई धन्यवाद दिए ।

बार्षिक साधारण सभा बाट नयाँ सञ्चालक समिति चयन हुने संस्थाले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.