Sujang

स्वास्थ्य कार्यालय कैलाली सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट

Ban

मंसिर ६ गते ,डोटी : सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरूले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमका सूचकाङ्कको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय कैलाली प्रदेशभरिमै उत्कृष्ट भएकाे छ।

स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको तीनदिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये कैलाली उत्कृष्ट घोषित भएको हो ।

Krishi

स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड मूल्यांकनका सूचकका आधारमा प्रदेशभरिका स्वास्थ कार्यालयमध्ये कैलाली प्रथम भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्रबहादुर बमले जानकारी दिए ।

त्यसैगरी मूल्यांकनमा बझाङ स्वास्थ्य कार्यालय दोस्रो र दार्चुला स्वास्थ्य कार्यालय तेस्रो भएको छ।

प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट हुने तीनवटै स्वास्थ्य कार्यालयलाई सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेकी हुन् ।

स्वास्थ्य कार्यालय कैलालीले यस उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरकारी–गैरसरकारी साझेदार संस्थाहरूलाई धन्यवाद व्यक्त गरेको छ। 

Salmuni
Leave A Reply

Your email address will not be published.