Sujang

स्वास्थ्य क्षेत्रमा दिपायल सिलगढी नगपालिका प्रथम

Ban

मंसिर १,डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य क्षेत्रमा  प्रथम भएको छ । स्वास्थ्य कार्यालय डोटीले मंगलबार प्रस्तुत गरेको मूल्यांकनमा ७५.३४ अंक ल्याउँदै  दिपायल सिलगढी नगरपालिका प्रथम भएको हो ।

स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा नगरको स्वास्थ्य शाखालाई दोसल्ला र प्रमाणपत्रका साथ पुरस्कृत गरिएको छ ।

डोटीमा २ नगर र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेका छन् । गत आर्थिक वर्ष ०८२/०८३ मा सम्पादित स्वास्थ्य क्रियाकलापको मूल्यांकन गरेर जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय डोटीले नतिजा सार्वजनिक गरेको हो ।

Krishi

कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्कालाई सम्मान प्रदान गरेका हुन् ।

स्वास्थ्य कार्यालय डोटीले गरेको मूल्यांकनमा केआई सिंह गाउँपालिका ६९.३९ अंक ल्याउँदै दोस्रो भएको छ ।

त्यस्तै तेस्रो स्थानमा आदर्श गाउँपालिका परेको छ । आदर्श गाउँपालिकाले ६८.८अंक ल्याएको छ ।

स्वास्थ्य कार्यालय डोटीले हरेक वर्ष विभिन्न सूचक राखेर पालिकाहरूको मूल्यांकन गर्दै आएको स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख डा.लोकेन्द्र कुमार कार्कीले बताए ।

त्यस्तै जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई सम्मान र शाखालाई कदर पत्रसमेत प्रदान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख कार्कीले बताए ।

त्यसै गरी जिल्ला अस्पताल डोटी, सुजङ अस्पताल राजपुर, आयुर्वेद कार्यालय दिपायललाई कदर पत्र प्रदान गरिएको छ ।

सोमबार र मंगलवार गरी दुई दिन संचालन भएको समीक्षा गोष्ठीमा नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, नर्सिङ शाखा, जिल्ला अस्पतालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.