Sujang

डोटीको केआईसिंह गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा

Ban

असोज १५ गते,डोटी : डोटीको केआईसिंह गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। गेटा आँखा अस्पताल गेटा कैलाली र नेपाल नेत्र ज्योति संघको सहयोगमा स्थापना गरिएको केन्द्रको बिहीबार गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन्।
केन्द्रको उद्घाटन गर्दै अध्यक्ष शाहीले सामान्य आँखा उपचारका लागि समेत सिलगढी वा कैलालीस्थित गेटा आँखा अस्पताल पुग्नुपर्ने स्थानीयवासीको बाध्यता केही हदसम्म अन्त्य हुने बताए ।
स्थानीयस्तरमै सेवा उपलब्ध भएपछि बिरामीको समय र आर्थिक खर्च बचत हुने उहाँको भनाइ छ।

Krishi

कार्यक्रममा गेटा आँखा अस्पतालका अध्यक्ष यज्ञराज चौधरीले सुदूरपश्चिममा आँखाको उपचार नपाएर कोही पनि दृष्टिविहीन हुनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले अस्पतालले सेवा विस्तार गरिरहेको बताए।

उहाँका अनुसार केआईसिंहमा सञ्चालनमा आएको उक्त केन्द्र गेटा आँखा अस्पतालको सहयोगमा सुदूरपश्चिम प्रदेशभर स्थापना भएका आँखा उपचार केन्द्रमध्ये २९औँ तथा डोटी जिल्लामा तेस्रो हो।

आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै केआईसिंह गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले स्थानीयस्तरमै प्राथमिक आँखा उपचार सेवा पाउने भएका छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.