Sujang

लेखा समिति सभापति खड्काको निर्देशन: ‘सुरक्षाकर्मी र कर्मचारीको मनोबल उच्च राखौँ, बेरुजु नियन्त्रण गरौँ’

Ban

राज पार्की,असोज ५ गते, डोटी : देशमा सुशासन कायम गर्न र सरकारी सेवा प्रवाहलाई पारदर्शी एवं प्रभावकारी बनाउन सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च हुनुपर्नेमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले जोड दिनुभएको छ।

​जिल्ला प्रशासन कार्यालय डोटीद्वारा आयोजित कार्यालय प्रमुखहरूसँगको मासिक बैठकलाई सम्बोधन गर्दै सभापति खड्काले भाषणले मात्रै परिवर्तन नआउने भन्दै जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गरेर देखाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो।

Krishi

​डोटीको विकास र आवश्यकता विशाल रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “देशको पूरै बजेट हाले पनि डोटीका आवश्यकता एकैपटक पूरा हुन सक्दैनन्। त्यसैले उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै हामीले नतिजामुखी काम गर्नुपर्छ।”
​मुलुकमा बेरुजुको अंक बढेर रु. ७ खर्ब ५५ अर्ब पुगेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सभापति खड्काले आर्थिक अनुशासनलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न कडा निर्देशन दिनुभयो।

​कर्मचारीहरूलाई निर्धक्क भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउँदै उहाँले थप्नुभयो, “काम गर्ने क्रममा कसैले दबाब वा असहजता सिर्जना गर्छ भने मलाई सीधै गुनासो गर्नुहोस्, म तपाईंहरूको साथमा छु।” आफूले देशको पूँजी र जनताको भावना बुझेकै कारण सात पटक चुनाव लडेर सातै पटक विजय हासिल गर्न सफल भएको दाबी समेत उहाँले गर्नुभयो।

​अस्पताल, प्राविधिक शिक्षालय, भूमि व्यवस्थापन, सञ्चार र विद्युत जस्ता आधारभूत सेवाबाट अझै पनि धेरै नागरिक वञ्चित हुनुपरेको यथार्थ औंल्याउँदै सभापति खड्काले सेवाग्राहीको चरित्र वा पृष्ठभूमि नहेरी बिना भेदभाव सेवा दिन अपिल गर्नुभयो।

​प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाको सेवा प्रवाह, विकास निर्माण, इन्धनको अवस्था, अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या र विपद् व्यवस्थापनको पूर्वतयारीबारे छलफल भएको थियो। कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू तथा नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बम लगायतको उपस्थिति रहेको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.