

असोज १, डोटी : डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
बिहीबार बिहान पुर्वीचौकी गाउँपालिका-२ मा दुई छुट्टाछुट्टै स्थानमा भालुले आक्रमण गर्दा दुई जना घाइते भएका हुन् ।
जिल्लाको पुर्वीचौकी गाउँपालिका २ भारतोलीस्थित कालिका आधारभुत विद्यालयका ३७ वर्षका शिक्षक हरिप्रसाद चौधरी र पुर्वीचौकी गाउँपालिका २ वाडीका ६४ वर्षका दान बहादुर ओली भालुको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

खेतबाट जानेबेला ओलिलाई विहान ५ बजे तिर र चौधरीलाई विहान ७ बजे तिर हिडिरहेकै बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले बताए ।
भालुले आक्रमण गर्दा शिक्षक चौधरीको पेट ,दुबै हातमा चोट लागेको र ओलिको संबेदनसिल अंगमा लगायतका शरीरका विभिन्न भागमा चाेट लागेको उपचारमा संलग्न डाक्टर डा.बिवेक अधिकारी जानकारी दिए ।
घाइते ओलिको सामान्य उपचार पश्चात धनगढी रेफरको तयारी भइरहेको डाक्टर अधिकारीले बताए ।
शिक्षक चौधरीको अवस्था सामान्य रहेकोे उनले बताए ।
