Sujang

प्रेस युनियन डोटीको अध्यक्षमा महरा चयन

Ban

भाद्र २१, डोटी :नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको नवौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनबाट केशव चन्द्र महरा ‘पवन’ लाई सर्वसम्मत चयन गरिएको छ।

Krishi

आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा महरा, उपाध्यक्षमा विक्रम बहादुर खड्का र समाबेसी उपाध्यक्षमा प्रेमा कुमारी धामी ‘प्रतीक्षा’, सचिवमा दिपेन्द्र खड्का, सह-सचिवमा राज पार्की र कोषाध्यक्षमा एकेन्द्र चन्द चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा इन्द्र शाही, टेकबहादुर चन्द, लाली खड्का, महेश ओझा, दिनेश जोशी, कृष्ण मलासी, लक्ष्मी वि.क., संगीता वि.क. र रमेश मगर चयन भएका छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.