

भदौ १५ गते ,डोटी :भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिककोहरूको उद्धार तथा राहतका लागि डोटीको दिपायलस्थित सुजङ इङ्गलिस बोर्डिङ माेडेल स्कुलले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीले आफ्नो एक महिनाको तलबबाट तीन दिन बराबरको रकम संकलन गरेका हुन्।

उनीहरूबाट ८९ हजार ९ सय ६९ रुपैयाँ, विद्यार्थीले खाजाबाट बचाएको ३९ हजार ५० रुपैयाँ, विद्यालयमा गठित जुनियर रेडक्रसकोषबाट १८ हजार २ सय ३ रुपैयाँ र विद्यालयको तर्फबाट ७५ हजार रुपैयाँ गरी उक्त रकम जुटाइएको विद्यालयका निर्देशक नरेश बलायरले बताए।
विद्यालयले संकलन गरेको रकम बाढीपीडितको उद्धार तथा राहतका लागि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई हस्तान्तरण चेक हस्तान्तरण गरेको हो।
रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरे नेपालले देश विपत्तिमा परेका बेला सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गरिरहेको बताइन्। विपत्तिको समयमा विद्यार्थी, शिक्षक तथा विद्यालयले गरेको सहयोगले पीडितको उद्धार तथा राहतमा महत्वपूर्ण योगदान पुग्ने उनले बताइन्।
विद्यार्थीले दैनिक खाजाबाट बचाएको रकमसमेत बाढीपीडितका लागि सहयोग गर्नुले विद्यालयले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई व्यवहारमै जोड दिएको देखाएको छ।
