Sujang

भोटेकोशी बाढीपीडितका लागि सारथी बचत समूहको १ लाख १ हजार १५१ रुपैयाँ सहयोग

Ban
Krishi

भदौ १२ गते ,डोटी : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि डोटीको सारथी बचत तथा ऋण समूहले १ लाख १ हजार १५१ रुपैयाँ सहयोग गरेको छ।
समूहले उक्त रकमको चेक शुक्रबार प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो।
सारथी बचत तथा ऋण समूहका अध्यक्ष खगेन्द्र जोशीका अनुसार विपद्को समयमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताए।
भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.