Sujang

गिट्टी कुटेरै जीविका चलाउँदै डोटीका महिला

Ban
Krishi

एकेन्द्र चन्द ,साउन २५ गते डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका–७, मल्लो उडितोलाका महिलाहरु दिनभर गिट्टी कुटेर जिबिका चलाउदै आएका छ्न । गाउँ गाउँमा सिंह दरबारको नारा सहित स्थानीय तह स्थापना भएको करिब ९ बर्ष पुग्दा समेत डोटीका अधिकांश ठाउँका स्थानियले परिबर्तनको आभास गर्न नपाएको गुनासो गरेका छ्न ।
बिहानै देखि साँझसम्म गिट्टी कुटेर परिवारको गुजारा चलाउँदै आएका उनीहरूको जीवनमा वर्षौँ बितिसक्दा पनि खासै परिवर्तन आउन सकेको छैन।
घाम, पानी, धुलो र ढुंगासँग दिनहुँ संघर्ष गर्दै उनीहरू परिवारको खर्च जुटाउन बाध्य भएका छन्।

दिन गिट्टी कुट्दा समेत थोरै मात्र आम्दानी हुने भएकोले घरखर्च धान्न समेत मुस्किल हुने गरेको छ ।
चुनावको बेला नेताहरुले विभिन्न आश्वासन दिने गरे पनि जितेर गए पछि कोहि पनि फर्केर नआउदा आफ्नो दुखहरु उस्तै रहेको स्थानिय कलु देबि बिक बताउछ्न ।
वर्षौँदेखि ढुंगा कुट्दै आएका महिलाहरू अझै पनि वैकल्पिक रोजगारी र आय आर्जनको प्रखाइमा रहेकोे बताएका छ्न ।

Salmuni
Leave A Reply

Your email address will not be published.