Sujang

वडिकेदार देखि बोगटान सम्मको सडक स्तर उन्नतिको लागि रास्वपा बडीकेदारको माग

Ban

एकेन्द्र चन्द,साउन २५ गते ,डोटी : बहुप्रतिक्षित सहजपुर बिपिनगर बोगटान दिपायल सडक खण्ड अन्तर्गत बडीकेदार गाउँपालिकाको गाडेबाज देखि बोगटान सम्मको सडक तत्काल मर्मत तथा स्तरोन्नति गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बडीकेदार गाउँपालिका समितिले माग गरेको छ।

Krishi

सहजपुर–बोगटान–दिपायल सडकअन्तर्गत पर्ने उक्त सडक वर्षाका कारण ठाउँ–ठाउँमा भत्किएर जीर्ण तथा जोखिमपूर्ण बनेको भन्दै समितिले बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष ध्यानाकर्षण गराएको हो।

समितिका अनुसार सडकको दयनीय अवस्थाका कारण स्थानीय नागरिक, विद्यार्थी, बिरामी, किसान, व्यवसायी तथा दैनिक आवतजावत गर्ने यात्रुहरूले समस्या र जोखिम व्यहोर्नुपरेको छ। वर्षायाममा सडक थप बिग्रिँदै जाने र समयमै मर्मत नगरिए यातायात अवरुद्ध हुने अवस्था देखिएको समितिले जनाएको छ।
“नागरिकलाई सुरक्षित सडक र सहज आवागमनको व्यवस्था गर्नु राज्यको आधारभूत दायित्व हो,” समितिले ध्यानाकर्षण पत्रमा भनेको छ।
समितिले गाउँपालिकाको जेसीबी तथा उपलब्ध स्रोत–साधन तत्काल परिचालन गरी अत्तरकाँडादेखि बोगटान गाउँपालिका सीमासम्मको सडक खुलाउने, आवश्यक स्थानमा मर्मत गर्ने र जोखिमयुक्त ठाउँमा स्तरोन्नति गर्ने काम अविलम्ब अघि बढाउन माग गरेको छ।
सहजपुर बिपिनगर बोगटान सडक खण्ड कालोपत्र भएको २ बर्ष बितिसक्दा समेत पुर्ण रुपमा सफाइ हुन सकेको छैन । गत बर्ष र यस बर्ष सडक मा खसेको पहिरो, बन्द भएको नालि,भत्किएको वालहरुको पुर्ण रुपमा काम हुन नसके पछि समस्या भएको हो ।

एक्जिम बैंक अफ इण्डियाको करिब १ करोड ९६ लाख ९३ हजार अमेरिकी डरलमा कैलालीको सहजपुर देखि बडिकेदार गाउँपालिकाको गाडेबाज सम्म ५० किलोमीटर सडक कालोपत्र भएको छ भने । गाडेबाज देखि बोगटान सम्मको सडक अलपत्र अबस्थामा रहेको छ । सो सडकको दिपायल बाट समेत कालोपत्र भैरहेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.