

एकेन्द्र चन्द,साउन २० गते, डोटी: जिल्लाको बडीकेदार गाउँपालिकाका विभिन्न वडाहरुमा फोन र ईन्टरनेटको निकै समस्या हुने गरेको छ । कुनै बेला घाम अस्ताए सघै नेट्वोर्क जाने समस्या झेल्दै आएका यहाँका स्थानीय बिधुत र केही ठाउँमा नेपाल टेलिकमका टावरहरु बनेर केही सहज भए पनि बर्खायाममा नियमित बिधुत नहुने ईन्टरनेटनेटको क्षमता कम्जोर लगायतका समस्याले यहाँका नागरिक हैरान भएका छ्न । यसै बीच बडीकेदार गाउँपालिका गाउँपालिका वडा नम्बर ३ स्थित घाङ्गल स्वास्थ्य चौकीले डिजिटल स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक फोरजी इन्टरनेट सेवा उपलब्ध गराइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आग्रह गरेको छ ।
घाङल स्वास्थ्य चौकीका प्रमुख भक्त बहादुर टमटाले पत्राचार गर्दै स्वास्थ्य चौकीमा eHMIS (Paper less) Digital सेवा लागू भइसकेको भए पनि गुणस्तरीय इन्टरनेट अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भैरहेकोले eHMIS प्रणाली सञ्चालनका लागि २४सौ घण्टा इन्टरनेट आवश्यक पर्ने भएकाले आवश्यक फोरजी सेवा उच्च गतिको ईन्टरनेट सेवा उपलब्ध गराइदिन माग गरेको बताउनु भयो ।
उहाले स्वास्थ्य चौकी नजिकै करिब दुई किलोमिटर दूरीमा नेपाल टेलिकमको टावर भए पनि हाल ८०० ब्यान्ड मात्र सञ्चालनमा रहेकाले धेरै जसो मोबाइलमा फोरजि सेवा नचल्ने र सपोर्ट गर्ने मोबाइलमा समेत इन्टरनेट प्रभावकारी रूपमा प्रयोग गर्न नसकिने अवस्था रहेको बताउनुभयो ।

स्वास्थ्य चौकीले यसअघि सौर्य ऊर्जा प्रणालीबाट सेवा सञ्चालन गर्दै आएको र हाल सिङ्गल फेज विद्युत् लाइन जडान भइसके पनि फोरजि सेवामा कुनै सुधार नआएको स्थानियले बताएका छन ।
उता गाउँपालिकाको वडा नम्बर -५ धिर्गाडिमाडुमा निर्माण गरिएको नेपाल टेलिकमको फोरजी टावरमा करिब १५ दिन देखि फोरजीमा समस्या भएको र वडा कार्यालयका कामकाज गर्न समस्या भैरहेको वडा नम्बर -५ का वडा सचिब लक्ष्मण भट्टले बताउनु भयो ।
त्यस्तै पालिकाको वडा नम्बर -१,२,र ४ मा पनि यस्तै समस्या हुने गरेको स्थानिले बताएका छ्न । रातिको समयमा नेटवर्क नहुदा मान्छे बिरामी हुदा अन्य समस्या पर्दा समेत खबर गर्न समस्या हुने गरेको छ ।
