Sujang

सामाजिक सद्भाव कायम राख्ने डोटीका सरोकारवालाको प्रतिबद्धता

Ban

साउन १४ गते ,डोटी : जिल्लामा शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा बिहीबार सम्पन्न भएको सद्भाव बैठकमा सरोकारवालाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै जिल्लामा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् । 

सदियौंदेखि मिलेर बसिरहेको समाज भड्काउने जोकोहीलाई कानुनी दायरामा ल्याउन सरोकारवालाले प्रशासनसँग माग गरेका छन् । बैठकमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधहरु, सुरक्षा निकायका प्रमुख ,नागरिक समाजका प्रतिनिधि, धार्मिक अगुवा, गैसस प्रतिनिधि, उद्योग वाणिज्यसंघ, पत्रकार लगायत सहभागी थिए ।

Krishi

शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव खल्बलाउने जोसुकै समुदायका व्यक्तिलाई प्रशासनले कानुनी दायरामा ल्याउने प्रजिअ नेपालले बताईन् ।

बैठकबाट शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सचारकर्मी, उद्योग व्यापारी, सांस्कृतिक, धार्मिक अगुवा एवंम् सरोकारवाला निकाय बीच निरन्तर समन्वय, सूचना आदान प्रदान तथा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ ।

सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने गतिविधि, भ्रामक सूचना, अफवाह तथा कानुन विपरीतका कार्य नियन्त्रण गर्न सम्बन्धित निकायले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी निगरानी, जनचेतनामूलक कार्यक्रम तथा आवश्यक कानुनी कारवाही गर्ने,सद्भाव कायम राख्ने उद्देश्यले कुनै पनि धार्मिक सांस्कृतिक, सार्वजनिक कार्यक्रम गर्दा प्रचलित कानुन, स्थानीय तहको मापदण्ड तथा सम्बन्धित निकायबाट जारी भएका निर्देशिकाको पूर्णपालना गर्ने निर्णयसमेत गरिएको छ ।

त्यस्तै कुनै पनि प्रकारको सामाजिक, जातीय वा धार्मिक विवाद उत्पन्न भएमा तत्काल संवाद, समन्वय तथा कानुनी प्रक्रियामार्फत समाधान गर्ने व्यवस्था मिलाउने, स्थानीय तह, विद्यालय, युवा क्लब तथा नागरिकै समाजसँग सहकार्य गरी सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरिएको जिल्ला प्रसाशन कार्यालय डोटीले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.