


एकेन्द्र चन्द, साउन १०,डोटी : नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर -१ बिपिनगरमा रहेको केदार सुर्य बहुमुखी क्याम्पस भवनको उद्घाटन गरिएको छ ।
भारत सरकारको २ करोड ४३ लाख ३२ हजार १ सय ७४ तथा बडीकेदार गाउँपालिकाको ९८ लाख ३१ हजार ७ सय ४८ रुपैयाँको लागतमा १० कोठा सहित सभाहल शैचालय सहितको २ तले पक्की भवन निर्माण भएको छ ।
नवनिर्मित भवनको उद्घाटन गर्दै भारतीय राजदुतावासका प्रथम सचिब वशिषट नन्दनले यो परियोजना समुदायको विकासका लागि निकै महत्त्वपूर्ण रहेको बताउदै यो नेपाल-भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा सम्पन्न क्याम्पसको नवनिर्मित भवन राम्रो बनेको छ र मलाई पूर्ण विश्वास छ कि यो राम्रो संरचनाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र शैक्षिक वातावरण सुधार्न मद्दत पुर्याउने बताउनु भयो ।
बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले केदार सुर्य बहुमुखी क्याम्पस बडिकेदार गाउँपालिका जोरायल गाउँपालिका र चुरे गाउँपालिका -३ वटै पालिकाको क्याम्पसको रुपमा रहेको बताउदै गाउँपालिकाले ठूलो जोखिम लिएर काम गरेको र भवन सम्पन्न भए सघै यश ठाउँका कम्जोर आर्थिक स्थिति भएका बिद्यार्थीहरुले पनि आफ्नै गाउँ ठाउँमा उच्च शिक्षा हासिल गर्ने र पालिकाले सक्ने जति सहयोग गर्न तयार रहेको बताउनु भयो ।
क्याम्पस स्थापनाकाल देखिनै आफुले क्याम्पस लाई बनाउन सहयोग गरेको र भारतिय राजदुतावास नवनिर्मित भवन निर्माण पछि यस ठाउका आर्थिक स्थिति कम्जोर भएका बिद्यार्थीहरुले सहज ढङ्गले पढ्न पाउने क्याम्पसका सस्थापक सदस्य पदमराज जोशीले बताउनुभयो ।
केदार सुर्य बहुमुखी क्याम्पसका अध्यक्ष गणेश राज जोशीले क्याम्पस निर्माणमा सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद दिदै भवन निर्माणले क्याम्पसको शैक्षिक अवस्था उकास्नको लागि अहम भुमिका निर्माण गर्ने बताउनु भयो ।
भवन निर्माणका लागि निर्माण कम्पनी सघ ३ करोड ४१ लाख ३२ हजार १४७ रुपैयाँमा सम्झौता भएको थियो ।

