Sujang

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट शिखर नगरपालिकामा २८२ जनाले सेवा लिए

Ban
Krishi

साउन २० गते ,डोटी: दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको आयोजना तथा शिखर नगरपालिकाको समन्वय तथा सहयोग र केयरटेकर अस्पताल, धनगढीको सहकार्यमा डोटीको शिखर नगरपालिका–४ धुर्कोटमा आधारभूत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको शिबिर बाट २८२ जनाले सेवा लिएका छन ।
शिविरमा विभिन्न किसिमका रोगहरुको विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेका थिए।
शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले
दुर्गम ठाउँका स्थानियले सहज रुपमा आफ्नो स्वास्थ्य परिक्षण गर्न पाउन भन्ने उधेश्यले स्वास्थ सिबिर आयोजना गरिएको र आगामी दिनमा यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

स्वास्थ्य निर्देशनालय दिपायलले यस्ता शिविरले ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.