Sujang

बडीकेदारमा GEDSI तथा नीति निर्माण कार्यविधि सम्बन्धी अभिमुखीकरण सुरु

Ban

असार १५,डोटी: डोटीको बडीकेदार गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GEDSI) र नीति निर्माण कार्यविधिसम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
महिला तथा बालबालिका शाखाको आयोजनामा गाउँपालिकाको सभाहल, खड्यौलीमा सुरु भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षक नन्दराज भट्ट ले लैङ्गिक समानता, सामाजिक समावेशीकरण, अपाङ्गता तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै स्थानीय तहका नीति, योजना तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउनु भयो ।

Krishi

उहाँले समावेशी नीति निर्माणले स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने बताउनुभयो।

कार्यक्रमका बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले स्थानीय सरकारका नीति तथा कार्यक्रम सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने गरी निर्माण हुनुपर्नेमा जोड दिनुभयो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.