

असार १३,डोटी : बोगटान फुड्सिल गाउँपालिका को ‘महिलासँग उपाध्यक्ष कार्यक्रम’ अन्तर्गत एकल महिलाका लागि सञ्चालन गरिएको दुईदिने आत्मनिर्भरता तालिम तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महिला अधिकार, आत्मनिर्भरता, आयआर्जन, महिला सशक्तीकरण, वित्तीय साक्षरता, शारीरिक तथा मानसिक स्वास्थ्य तथा सरसफाइजस्ता विषयमा प्रमुख प्रशासकीय अधिकृत पदमराज अवस्थी, गीता जी.सी., मुगा के.सी. र चक्र बमले सहजीकरण गरेका थिए।
कार्यक्रमको समापन गर्दै गाउँपालिका उपाध्यक्ष विष्णादेवी बमले एकल महिलाको आत्मबल अभिवृद्धि, आर्थिक सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धनका लागि आगामी दिनमा गाउँपालिकाका सातै वडामा यस्ता कार्यक्रम सञ्चालन गरिने बताइन्। साथै, एकल महिलालाई संगठित गरी आयआर्जनमुखी कार्यक्रममार्फत आर्थिक रूपमा सक्षम बनाइने प्रतिबद्धता व्यक्त गरिन्।

यसै अवसरमा ११ सदस्यीय एकल महिला समूह गठन गरिएको छ।
नवगठित समूहलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता वडा अध्यक्ष चन्द्रभान सुनारले व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी ३५ जना एकल महिलालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो।

