Sujang

बडीकेदार गाउँपालिकाले ल्यायो ५७ करोड ३२ लाख ६८ हजारको बजेट

Ban
Krishi

असार १० गते डोटी :डोटीको बडीकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ३२लाख ६८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष डम्मरी विष्ट कलेलले आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमा कृषि, पर्यटन, शिक्षा, पूर्वाधार, स्वास्थ्य, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको उल्लेख गरिएको छ।
बजेट वक्तव्यमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।
प्रस्तुत बजेट तथा कार्यक्रममाथि विस्तृत छलफल अर्को गाउँसभा बैठकमा गर्ने गरी बैठक समापन गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.