

असार १० गते : सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा फाप्ला क्रिकेट मैदान मा जारी सुदूरपश्चिम प्रदेशस्तरीय स्कुल क्रिकेट च्याम्पियनसिप–२०२६ अन्तर्गत डोटीको सुजङ इ. बो. मोडेल स्कुल फाइनलमा प्रवेश गरेको छ। लगातार दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुजङ इ.बो.मोडेल स्कुलले अब उपाधिका लागि कैलालीको विद्याभूषण पब्लिक स्कुल सँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेलमा ७ विकेटको सहज जित

दिनको पहिलो खेलमा डडेल्धुराको माउन्टेन स्कुलले टस जितेर ब्याटिङ रोजे पनि १३ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो। टोलीका कप्तान रिजन राई ले सर्वाधिक १६ रन बनाए।
सुजङ इ बो मोडेल स्कुलका विमल नागरी ले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। ५४ रनको सामान्य लक्ष्य पछ्याएको सुजङ इ बो मोडेल स्कुलले ७ ओभरमै ३ विकेट गुमाएर ५८ रन बनाउँदै ७ विकेटको जित दर्ता गर्यो। सुरेश कठायत २४ रनमा अविजित रहे भने कप्तान मोहन भट्ट ले १० रन जोडे।
उत्कृष्ट बलिङ प्रदर्शनका लागि विमल नागरी प्लेयर अफ द म्याच घोषित भए।
दोस्रो खेलमा रोमाञ्चक जित
दोस्रो खेलमा सुजङ इ.बो. मोडेल स्कुलले टस जितेर फिल्डिङ रोज्यो। बैतडीको वीरेन्द्र मावि शाइलेक ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनायो।
वीरेन्द्र माविका लागि संस्कार भट्ट ले २७ रन, कप्तान विक्रम बोहरा ले २० रन, संगम ठगुन्ना ले २० रन तथा मनोज चन्द ले १८ रनको योगदान दिए।

