


जेठ २६ गते ,कैलाली : सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय व्यवस्थापन समितिको अध्यक्षमा कर्ण बलायर नियुक्त भएका छन्। मंगलबार बलायरलाई सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले अध्यक्षमा नियुक्त गरिएको पत्र दिएको हो।
बलायरलाई जेठ २५ गते प्रदेश मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो।

