Sujang

विश्व वातावरण दिवसको अवसरमा सिडिसिद्वारा बोट विरुवा वितरण तथा वृक्षरोपण

Ban

जेठ २२ गते ,सिलगढी: सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले विश्व वातावरण दिवसको अवसरमा बोट विरुवा वितरण गर्नुका साथै वृक्षरोपण गरेको छ ।

शुक्रवार “एक बालबालिका एक विरुवा रोपण अभियान” सुरु
गरि विश्व वातावरण दिवस २०८३ को अवसर पारेर डोटीमा बोट विरुवा वितरण गर्नुका साथै वृक्षरोपण गरेको हो । “प्रकृतिको प्रेरणा, जलवायुको संरक्षण, हाम्रो उज्ज्वल भविष्यका लागि एक आर. सी. बालबालिका एक विरुवा रोपण अभियान” भन्ने मूल नाराका साथ जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेना र पूर्वीचौकी गाउँपालिका वडा नं. २, बगलेकमा यो अभियानको शुभारम्भ गरिएको सिडिसीका फिल्ड अधिकृत सिद्धराज जोशिले जानकारी दिनुभयो ।

संस्थाले दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेनामा ९७ जनालाइ र पूर्वीचौकी गाउँपालिका वडा नं. २, बगलेकमा १५० जनालाइ बोट बिरुवा वितरण गरेको छ भने डोटी जिल्लामा कार्यक्रम लागू भएका पालिका दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउपालिका, सायल गाउपालिका र आदर्श गाउपालिकाका १४ वटा वडामा वर्ल्ड भिजन इन्टरनेसनल नेपालमा दर्ता भएका ४ हजार ४३ बालबालिकालाई बोट विरुवा वितरण गरेको छ ।

Krishi

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने र बालबालिकाहरूमा वातावरणीय चेतना जगाउने उद्देश्यले आज जेठ २२ गते उक्त कार्यक्रमको आयोजना गरेको सिडिसि डोटीका कार्यक्रम संयोजक दिनेश बमले बताउनुभयो । उहाँले संस्थाले उपलब्ध गराएको बोट विरुवालाई सबैले संरक्षण गरेर लगाउन सुझाव दिनुभएको थियो ।

बोट विरुवा वितरण तथा वृक्षारोपण कार्यक्रममा सहभागी वडा नं. ९ कलेनाका वडा अध्यक्ष हर्क बहादुर साउदले संस्थाले गरेको लगानीको सबै बालबालिकाले सदुपयोग गर्न बोट विरुवालाइ संरक्षण गरि हुर्काउन सुझाव दिनुभयो । उहाँले संस्थाले अझै यस्ता कार्यक्रमलाई प्राथमिकता दिन जोड दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख कलावती महर साउदले यो अभियानले पर्यावरण संरक्षण र हरियाली प्रवर्द्धनमा ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको बताउनुभयो । उहाँले पर्यावरण संरक्षण गर्नु सबैको जिम्मेवारी र कर्तव्य भएको हुदा आफुले लगेको बोटलाई आफू हुर्के झै हुर्काउनु आग्रह समेत गर्नुभयो ।

सामुदायिक विकास केन्द्र (सिडिसि) डोटी र समान पहुँच विकास केन्द्र (सिड), नेपाल डोटीको आयोजना र
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल सहयोगमा उक्त कार्यक्रम गरिएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.