Sujang

दिपायल सिलगढी नगरपालिकाद्वारा दोस्रो मेयर कप भलिबल प्रतियोगिता शुरु

Ban

जेठ २२, डोटी : डोटीको सिलगढीमा दोस्रो मेयर कप भलिबल  प्रतियोगिता सुरु भएको छ। दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सिलगढीस्थित टुँडिखेल खेलमैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो।

खेलकुदको विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धा तथा खेलाडी उत्पादन गर्ने  उद्देश्यले आयोजना गरिएको नगरस्तरीय प्रतियोगितामा नगरपालिकाका नौवटा वडाका ९ वटा टोली सहभागी रहेका छन्। प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

Krishi

नगरपालिकाका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. ५१हजार १ सय ११, द्वितीय हुने टोलीले रु. ३० हजार १ सय ११ तथा तृतीय हुने टोलीले रु. २०हजार १ सय ११ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विजेता टोलीहरूलाई मेडल,ट्रफी  र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
दिपायल सिलगढी नगरपालिकाले खेलकुद क्षेत्रको वृद्धि गर्न आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने जनाएको छ। प्रतियोगिताका खेलहरू सिलगढीस्थित टुँडिखेल खेलमैदानमा सञ्चालन भइरहेको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंह,दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिं खड्का,उप प्रमुख कलावती महरा साउद,प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल ,भैरव प्रसाद गणका गणपति कमल सिंह बिष्ट , नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, खेलप्रेमी पत्रकार ,तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा खेलकुदका क्षेत्रमा विभिन्न क्षेत्र बाट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कमल सिंह बिष्ट, वडा अध्यक्ष नरेश मलासी, राष्ट्रिय भलिबल खेलाडी जनक खडका तथा कृष्ण भण्डारीलाई खेलकुद  क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।


प्रतियोगिता जेठ २४ गते सम्म चल्ने छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.