Sujang

डोटीको बडीकेदार गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Ban
Krishi

जेठ १९ गते ,डोटी: जिल्लाको बडीकेदार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
स्थानिय श्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारासहित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत खोप लगाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरेकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको ।
बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहिले बताउनु भयो ।
पालिका भित्रका ०-१५ महिना सम्मका १ सय ९५ जना र १६ देखि २३ महिनाका १४९ जनागरी ३ सय ४३ जना बालबालिकाले पुर्ण खोप पाएको र पूर्ण खोपको अवस्थालाई दिगो बनाउन आगामी दिनमा पनि स्वास्थ्य शाखाले नियमित अनुगमन र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने खोप फोकल प्रशन कबिन्द्र शाहाले बताउनु भयो ।

बडीकेदार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा पूर्ण खोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूलाई सम्मान समेत गरिएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.