Sujang

डोटीमा एसईईमा सामुदायिक विद्यालयतर्फ भगवती मावि उत्कृष्ट

Ban

जेठ १७, डोटी : डोटीका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयको पहिचान बनाएको भगवती माध्यमिक विद्यालय ले यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ।

भगवती माध्यमिक विद्यालय ले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा ९७.३७ प्रतिशत नतिजा ल्याएको हो। परीक्षामा सहभागी ३८ जना विद्यार्थीमध्ये ३७ जना उत्तीर्ण भएका थिए।

शिक्षा इकाइ प्रमुख भीम प्रसाद पनेरुका अनुसार गणतन्त्र दिवसका अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल उक्त विद्यालयलाई सम्मान गरिएको थियो। सो अवसरमा उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालय, छात्र–छात्रा र केन्द्राध्यक्षलाई समेत सम्मान गरिएको उनले जानकारी दिए।

विद्यालयले विगतदेखि नै एसईई तथा एसएलसी परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याएबापत विद्यालयले एकपटक राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ। साथै, लगातार चार वर्षसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई उच्च सिकाइ उपलब्धि कायम गरेबापत विद्यालय तीन पटक पुरस्कृत भइसकेको छ।

Krishi

वि.सं. २०६५ सालदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका टेक बहादुर सिंह ले विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरू बताउँछन्।

प्रधानाध्यापक सिंहले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले आफू तथा विद्यालय परिवारलाई उत्साहित बनाएको बताए। आगामी वर्ष अझ राम्रो नतिजा हासिल गर्ने लक्ष्यसहित विद्यालयको टोली सक्रिय रहने उनको भनाइ छ।
उनले विद्यालयको शैक्षिक स्तर केवल कक्षा ८ र कक्षा १० को नतिजाका आधारमा मात्र मूल्याङ्कन गर्न नहुने धारणा राखे। विद्यालयले अपनाएका असल अभ्यास, सिकाइ वातावरण र समग्र शैक्षिक उपलब्धिलाई पनि मूल्याङ्कनको आधार बनाइनुपर्ने उनको भनाइ रहेको छ।

सिंहले जिल्लामा आवासीय छात्रावास सञ्चालन भएका विद्यालयहरूले राम्रो नतिजा हासिल गरिरहेको उल्लेख गर्दै त्यसतर्फ सम्बन्धित निकाय र सरोकारवालाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.