

जेठ १६ गते ,डोटी : शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीको अध्यक्षमा केपि माझी सर्वसम्मत चयन भएका छन् । साविकको शैलेश्वरी यातायात व्यवसायी संघबाट रुपान्तरित भएको सो प्रालीको शुक्रबार दिपायलमा भएको छैटौं अधिवेशनले माझीलाई चयन गरेको हो ।
अधिवेशनले अध्यक्षसहित थप १० जना सदस्य निर्विरोध निर्वाचित गरेको छ । जसको सदस्यमा मानबहादुर धामी, लोक बहादुर खड्का,राजेन्द्र विक्रम शाही,श्यामबहादुर खड्का,खेमबहादुर पातली,चक्र बहादुर कार्की ,मीन भण्डारी, हिक्मत बहादुर खड्का ,कृष्ण बहादुर ओलि र केशर बिष्टलाई सदस्यमा निर्वाचित गरेको हो ।

शनिबार बसेको समितिको पहिलो बैठकले निर्वाचित सदस्यहरूमध्ये मानबहादुर धामीलाई उपाध्यक्ष, लोक बहादुर खड्कालाई महासचिव तथा राजेन्द्र विक्रम शाहीलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष माझीले जानकारी दिए।
२०६४ सालमा डोटीमा स्थापना भएको यो प्रालिले जिल्लाका ग्रामीण सडक तथा राष्ट्रिय राजमार्ग सञ्जालमा यातायात सेवा प्रदान गर्दै आएको छ।
प्रालिका निवर्तमान अध्यक्ष गणेश मलासी का अनुसार हाल संस्थामार्फत १४८ भन्दा बढी सार्वजनिक सवारी साधन सञ्चालनमा छन्।
नवनिर्वाचित अध्यक्ष माझीले यात्रुको सुरक्षा र गुणस्तरीय सेवामा विशेष ध्यान दिँदै आगामी दिनमा प्रालिको सेवा थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

