


जेठ १५ गते ,डोटी:डोटीको बडीकेदार गाउँपालिका मा प्रथम गाउँपालिका स्तरीय “अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता २०८३” सुरु भएको छ । गाउँपालिकाले युवाहरूमा खेलकुदको विकास,आपसी भाइचारा तथा अनुशासन कायम गर्ने उद्देश्यले गणतन्त्र दिवसको अबसरमा प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।
बडीकेदार गाउँपालिका–२ खड्यौली बजारमा आयोजित प्रतियोगिताको उद्घाटन बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले गर्नु भएको थियो ।प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न वडाका १४ वटा टोलिको सहभागिता रहेको आयोजकले जनाएको छ ।
खेलमार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने तथा स्थानीय खेल प्रतिभाको पहिचान गर्ने लक्ष्य लिइएको गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बताउनु भयो। प्रतियोगिताका विजेता टिमले नगत ५१ हजार १सय ११ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र द्वितीय हुने टिमले २६ हजार १सय ११ रुपैयाँ नगद र प्रमाणपत्र र तृतीय हुने टोलीले १६ हजार १सय ११ रुपैयाँ नगद र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

