

बैशाख ११ गते : डोटीमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवकको चार दिन पछि शव फेला परेको छ ।
दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा मंगलबार दिउँसो नुहाउने क्रममा वेपत्ता भएका बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ घर भई हाल सोही ठाउँमा रहेको क्रसर उद्योगमा काम गर्दै आएका २२ वर्षीय दीपक बोहराको शव आज फेला परेको हो ।
शुक्रबार विहान जिल्लाको के आईसिँह गाउँपालिका वडा नम्बर ५ स्थित सेति नदिको विच भागमा मृत अवस्था फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
सशस्त्र प्रहरीको ७ नं. वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीबाट खटिएको गोता खोर टिमले शवलाई निकालेको हो ।

सेती नदिमा बगेर वेपत्ता रहेका उनको खोजि कार्यमा सशस्त्र प्रहरी बल ३६ नं. गण जोगीडाब्रेवाट विपद् उद्वार टिम ,नेपाल प्रहरी लगायतकाले खोजी कार्य गरेका थिए ।
मृतक वोहरा सिएबी दुनिला क्रसर उद्योगमा कार्यरत थिए ।

