

चैत २८, डोटी :रोयल जोरायल क्लबको आयोजनामा “चौथो दौडिन्छ जोरायल समृद्धिको बाटोमा” भन्ने मूल नाराका साथ ३२०० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ।
रोयल जोरायल क्लबको आयोजनामा भएको प्रतियोगितामा १७ जना धावकको सहभागिता रहेको थियो।

स्वर्गीय केशव कठायतको सम्झनामा आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागीहरूबीच रोचक प्रतिस्पर्धा देखिएको थियो।
प्रतियोगितामा कृष्ण बोहरा प्रथम हुँदै १४ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गर्दै रु ११ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भए।
यस्तै, भुवन शाहु १४ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै द्वितीय भई रु ५ हजार ५०० प्राप्त गरे भने चन्द्र बोहरा १४ मिनेट ४५ सेकेन्डसहित तृतीय स्थान हासिल गर्दै रु ३ हजार पुरस्कार पाए।
त्यसैगरी, पदम चौथो (१५ मिनेट ५० सेकेन्ड, रु १,५००), ठक्कर बोहरा पाँचौं (१५ मिनेट ५५ सेकेन्ड, रु १,०००) र खडक डाँगी छैटौं (१७ मिनेट ५० सेकेन्ड, रु ५००) स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। क्लबका अध्यक्ष चेतराज भट्टका अनुसार प्रतियोगिताको अर्को संस्करण २०८३ साल चैत महिनामा आयोजना गरिनेछ।

