


कैलाली १५, कार्तिक: सुदूरपश्चिमेली नेपाली अन्ताराष्ट्रिय समाजले छात्रवृत्ति स्वरुप सहयोग हस्तान्तरण गरेको छ ।
धनगढीमा एक कार्यक्रम गरि शिखर नगरपालिका वडा नं ८ निवासी दिपा वोगटीलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो । दिपा वोगटी अहिले धनगढी एक्सिस विद्यालय धनगढीमा ११ कक्षामा अध्ययनरत छन । एक वर्षको क्याम्पसमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरि सहयोग गरेको सुदूरपश्चिमेली नेपाली अन्तराष्ट्रिय समाजका सचिव डम्मर खड्काले वताए ।
दिपाका वुवाको आल्पयुगमै निधन पछि आर्थिक समस्या परेका कारण पढाइ प्रभावित हुन थालेको थियो, सुदूरपश्चिमेली नेपाली अन्तराष्ट्रिय समाजले गरेको यो छात्रवृत्तिले दिपालाइ पढाइमा सहयोग पुग्ने स्थानिय वासिन्दा ललित वलायरले वताए ।
कार्यक्रममा ससुदूरपश्चिमेली समाज अमेरिका न्युयोर्कका निवर्तमान अध्यक्ष राम देउवाले सुदूरपश्चिमेली समाजमा आफुरहँदा यसले गरेको कामको स्मरण गर्दै समाजले गरिरहेको काम उत्कृष्ट रहेको वताए । समाजलाइ सवै देशमा समन्वय गरेर अझै बलियो वनाउन आवश्यक रहेको छ देउवाले वताए ।
कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष हादेव भट्टले एन आर एन पछि यो समाज ठुलो र विभिन्न क्षेत्रमा काम गरिरहेको वताए । समाजले गरेको छात्रवृत्तिको रकम सदुपयोग गर्दै पढाइमा राम्रो प्रगती भएको सुन्न पाए समाजलाइ गर्भ महसुस हुने भट्टले वताए ।
ससुदूरपश्चिमेली नेपाली अन्तराष्ट्रिय समाजका सचिव डम्मर खड्काले नौ वटा जिल्लालाई समेटिने गरि समिति वनेको, सुदूरपश्चिममा आइपर्ने समस्याका पक्षमा यो समाज उभिने गरेको वताए । छात्रवृत्ति कोष स्थापना पश्चात् यस वर्ष तीन जना छात्र छात्रालाइ छात्रवृत्ति वितरण गरेको उनले वताए । विभिन्न देशमा वस्ने सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीवहिनीहरुले सानो सानो व्यक्तिगत रुपमा जम्मा गरेको रकम समाजको माध्यमवाट विभिन्न क्षेत्रमा सहयोग गरिरहेका उनले वताए । सुदूरपश्चिमेली नेपाली अन्तराष्ट्रिय समाज विभिन्न २९ वटा देशमा शाखा समाजमा आबद्ध छन ।
कार्यक्रममा ससुदूरपश्चिमेली नेपाली समाज भारतका संरक्षक दिपक प्रकाश मल्ल, ससुदूरपश्चिमेली नेपाली समाज मलेसियाका पुर्व अध्यक्ष समीर मल्ल, ससुदूरपश्चिमेली नेपाली समाज नेपालका संस्थापक सदस्य ललित वलायर, धुर्व मल्ल, कवि एवं सहित्यकार हेमन्त रोस्यारा, नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य योगेन्द्र वलायर, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, कलाकार एवं पत्रकार हेमन्ती भट्टराइ, कार्यक्रममा ससुदूरपश्चिमेली नेपाली समाज भारत तामिलनाडुका सल्लाहकार लाल वहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

