Sujang

डोटीमा सबै दलले प्रतिनिधिसभा उम्मेदवार टुंग्याए

Ban

माघ ५ डोटी : आगामी फागु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डोटीबाट सबै दलहरुले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

विभिन्न राजनीतिक दलबाट उम्मेदवारी निश्चित भएसँगै जिल्लामा चुनावी माहोल तातिन थालेको छ।

नेपाली कांग्रेसबाट भरत बहादुर खड्कालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । खड्का २०७० सालमा समानुपातिक सांसद हुन भने २०७४ मा प्रदेश क्षेत्र नम्बर क बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

Krishi

त्यसैगरी नेकपा एमालेले डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि दीपक धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । धामी हाल एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यका लागि पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ । भट्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट डोटी प्रदेश क्षेत्र ‘ख’ बाट निर्वाचित भएका थिए भने उनी पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भने डोटीबाट नरेन्द्र बहादुर खड्कालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । खड्का २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेका थिए । उनी व्यवसायिक पृष्ठभूमीका हुन् । डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहिसकेका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोज भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भट्ट राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव हुन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खड्ग अग्रवाल प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । नेकपा (माओवादी) बाट प्रकाश कठायत प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार रहने छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.