Sujang

पद्म पव्लिक मुक्ति नारायण माविको वार्षिकाेत्सवमा जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट

Ban

पुस २९ गते ,डाेटी :२००४ सालमा स्थापना भएको डोटीको पुरानो सामुदायिक विद्यालय पद्म पव्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले स्थापनाको ७६ औँ वार्षिकोत्सवको अवसर पारेर जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरेको छ।

माघ २ गतेदेखि सञ्चालन हुने क्रिकेट प्रतियोगितामा डोटी जिल्लाभित्र सञ्चालनमा रहेका माध्यमिक तहका विद्यालयहरूले सहभागिता जनाउन पाउनेछन्।

विद्यालय प्रशासनका अनुसार प्रतियोगिता केवल खेल प्रतिस्पर्धामा सीमित नभई विद्यार्थीहरूमा अनुशासन, सहकार्य र नेतृत्व विकास गराउने उद्देश्यसहित आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयहरूले पुष ३० गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ताका क्रममा खेलाडीको नाम, कक्षा, इएमआइएस नम्बर र फोटो अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

Krishi

एक टिममा १५ खेलाडी, एक क्याप्टेन र एक व्यवस्थापक गरी जम्मा १७ जना सहभागी हुन सक्नेछन्। खेल १५ ओभर प्रति पारी सञ्चालन हुनेछ भने सहभागी खेलाडीको उमेर १९ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ।

दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना हुने प्रतियोगितालाई थप आकर्षक बनाउन नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टिमले ७५ हजार रुपैयाँ, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

विद्यालयका प्रधानाध्यापक केशवराज ओझाका अनुसार खेल अवधिभर विद्यार्थीहरूले विद्यालय पोशाक वा खेल पोशाक अनिवार्य लगाउनुपर्नेछ भने खेलसँग सम्बन्धित सम्पूर्ण व्यक्तिगत खर्च सम्बन्धित विद्यालयले नै बेहोर्नुपर्नेछ। खेल सञ्चालन हुने मैदान तथा अन्य आवश्यक व्यवस्थापन आयोजक विद्यालयले गर्ने जनाएको छ।

विद्यालयले माघ ८ गते विज्ञान प्रदर्शनी प्रतियोगिता पनि आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा पनि माध्यमिक तहका विद्यालयहरूले सहभागिता जनाउन सक्नेछन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.