Sujang

सुदूरपश्चिम सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र हो :राज्यमन्त्री खड्का

Ban

मंसिर ६ गते,डोटी: सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। शुक्रबार वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा बोल्दै उनले भौतिक संरचना, जनशक्ति, औषधि तथा उपकरण व्यवस्थापनलाई बलियो बनाउने दिशा­मा प्रदेश सरकार सक्रिय रहेको बताइन्।

उनका अनुसार स्रोत–साधनको अभावका कारण जनअपेक्षाअनुसार सेवा विस्तारमा केही चुनौती देखिए पनि सरकार निरन्तर सुधारका प्रयासमा छ।
“स्वास्थ्यकर्मीको मेहनतका कारण धेरै सूचकमा सुधार आएको छ। कर्मचारीहरूले राम्रो काम गर्नुभएको छ, त्यसका लागि सबैलाई धन्यवाद छ,” उनले भनिन्।

जेन्जी आन्दोलनका बेला कर्मचारीकै विरोध भएको आरोप

कार्यक्रममा राज्यमन्त्री खड्काले जेन्जी आन्दोलनका क्रममा केही कर्मचारीले नै मन्त्री र सांसदमाथि विरोध गरेको आरोप पनि लगाइन्।
“त्यो संवेदनशील समयमा हामी बाहिर निस्कनसम्म सकिरहेका थिएनौँ। तर केही कर्मचारीले ‘यीहरू कहिले जान्छन्?’ भनेर सार्वजनिक रूपमा नै टिप्पणी गरेका थिए,” उनले भनिन्।

उनले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय भएर मात्र प्रभावकारी काम हुन सक्ने भन्दै आपसी सहयोग अपरिहार्य रहेको बताइन्।
“एकले अर्काको विरोध गरेर सफलता मिल्दैन। मिलेर काम गरे मात्रै समस्या समाधान हुन्छ,” राज्यमन्त्री खड्काले भनिन्।

Krishi

मन्त्रालयको योजना र संरचना विस्तार

सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले ‘स्वस्थ नागरिक—समृद्ध प्रदेश’ भन्ने नारासहित मन्त्रालय अघि बढिरहेको बताए। उनका अनुसार प्रदेश सरकारले हालसम्म ३३ वटा स्वास्थ्य संरचना स्थापना गरेर सेवा विस्तार गरिरहेको छ।

“आधारभूत स्वास्थ्य सेवा संघको जिम्मेवारी भए पनि हामीले नागरिकलाई वञ्चित हुन नदिन ती सेवा पनि प्रदान गरिरहेका छौँ,” रेग्मीले बताए।

ट्रमा सेन्टर स्थापना गर्न माग

डोटी जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले सुदूरपश्चिमका सात पहाडी जिल्लालाई लक्षित गरी ट्रमा सेन्टर स्थापना गर्न सरकारसँग माग गरे।
उनका अनुसार पहाडी क्षेत्रमा सवारी दुर्घटनाको घटना धेरै हुने गरेको र उपचारमा ढिलाइ हुँदा ज्यान गएको घटनाले ट्रमा सेवा अत्यावश्यक बनेको छ।

“उपयुक्त स्थान पहिचान गरेर संघ र प्रदेश सरकार मिलेर ट्रमा सेन्टर स्थापना गर्नैपर्छ,” सिंहले भने।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.