Sujang

डोटीमा बोलेरो जिप दुर्घटना, एक जना घाइते

Ban

कार्तिक २३ गते ,डोटी :डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

आइतबार दिउँसो जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेना नजिक बोलेरो जिप दुर्घटना हुँदा भारतको सैजानपुर जिल्ला, ग्राम खोटारका ५५ वर्षीय राजेश सिंह घाइते भएका हुन् ।

Krishi

घाइते सिंहको बाँया हातमा चोट लागेको र उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायलबाट कलेनातर्फ जाँदै गरेको बोलेरो जिप (ना.पा. सु.प.प्र.०१–००१ च ३८५१) घुम्तिमा अनियन्त्रित भई करिब १० मिटर तल सडकबाट खस्दा दुर्घटना भएको हो।

सायल गाउँपालिका–४, डौड घर भएका जिप चालक ३१ वर्षीय चक्र सिंहलाई प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.