Sujang

केआई सिंह गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Ban

असार २, गते डोटी : डोटीको केआई सिंह गाउँपालिकाका जिल्लाको आठौँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

यस वर्ष पनि ५९ महिना मुनीका पालिकामा सेवा क्षेत्र भित्रका सम्पूर्ण बालबालिकालाई सबै प्रकारका खोप पाए पछि पालिकालाई सोमबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले केआई सिंह गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीलाई खोप सुनिश्चितता तथा दिगोपना भएको प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाई घोषणा गरिएको हो ।

सरकारले खोप कार्यक्रमलाई राज्यको प्रमुख प्राथमिकतामा राखेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताए । उनले भने ‘जसरी सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेको यलाइ सफल बनाउन स्वास्थ्यकर्मीले खेल्नु भएको भूमिका प्रति म धन्यवाद व्यक्त गर्दछु ।’

Krishi

महिला स्वास्थ्य स्वयम सेविकाको भूमिका अझै प्रशंसनीय छ । स्वास्थ्य सूचकमा पालिकाले राम्रो कार्य गरेको सिंहले बताए ।

पालीकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम निमार्ण गर्दै आएको गाउँपालिका अध्यक्ष शाहीले बताए । स्वास्थ्यका क्षेत्रमा आफू निर्वाचित भए देखि निरन्तर पालिकाले गरी रहेको बताए । सुदूर पश्चिम प्रदेशमा एमबिबिएस डाक्टर राखेर सेवा दिने पहिलो पालिका रहेको अध्यक्ष शाहीले बताए ।कोभिडको बेला सबै भन्दा पहिला जनतामा स्वास्थ्य सेवा दिने, सिमाना गएर सेवा दिने पालिका समेत रहेको उनले स्मरण गरे । स्वास्थ्यका क्षेत्रमा जिल्लामा उत्कृष्ट पालिका हुने गरी अझै कार्य गर्न स्वास्थ्यकर्मीलाई उनले अनुरोध गरे ।

उक्त घोषणा कार्यक्रम जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनारा ,स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासी, वडा अध्यक्ष कृष्ण बमले मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य निमित्त कार्यालय प्रमुख पुष्प भट्टले राखेका थिए भने पालिकाको स्वास्थ्य अवस्था बारेमा प्रस्तुति पालिका स्वास्थ्य शाखा प्रमुख नवीन माझी गरेका थिए ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अवसरमा स्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख, स्वास्थ्यकर्मी, लगायतलाई सम्मान गरिएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.