

डोटी ,फागुन, १२ गते : डोटी सांस्कृतिक तथा पर्यटन महोत्सव आजबाट सुरु भएको छ । हाम्रो कला सांस्कृतिक गौरव पूर्ण सान ,कलाकर्मीको उत्थानको अभियान’ भन्ने नाराका साथ महोत्सबको समउद्घाटन भएको छ । नेपाल राष्ट्रिय सगितकर्मी संघ डोटीको आयोजनामा सोमबारबाट संचालन भएको महोत्सबको उद्घाटन दिपायल सिलगढी नगपालिका नगर प्रमुख बाजी सिंह खड्काले गरेका हुन् ।


महोत्सबको उद्घाटन गनुहुदै महोत्सबले स्थानिय प्रतिभाको उजागर गर्नुको साथै मन्ध भईरहेको आर्थिक ब्यपारमा समेत यसले टेवा पुग्ने बताए । महोत्सवले यहाँको कला संस्कृतिको समेत संरक्षण सम्बर्द्वन गर्ने बताए । जन्म भुमिका डोटीका लागि अझ एक पटक लडाइ लड्न आवश्यक रहेकोे बताए ।
नेपाल राष्ट्रिय सगितकर्मी संघ डोटीका अध्यक्ष गोपाल सुचिकारको अध्यक्षतामा भएको उक्त महोत्सबको उद्घाटन कार्यक्रममा बोल्नुहुदै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले महोत्सबले यहाँका कला सस्कृती,पर्यटन,ब्यापार र जिल्ला भित्र रहेका प्रतिभाहरुको उजागरका लागी महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिएको बताए ।
डेउडा गायक केसब फुलारा, शेर साउद , रतिभान धामि,लक्ष्मी विक लगायतका कलाकारहरुले अथिती सहभागीहरुलाई मनोरञ्जनका साथै देउडा खेलाएका थिए ।

उद्धाटन कार्यक्रममा जनप्रतिनिधि ,नागरिक समाज ,विभिन्न संघ संस्था प्रमुख प्रतिनिधि ,पत्रकार ,कलाकार,स्थानीय लगायतको उपस्थिति रहेकोे थियो।
कार्यक्रमको संचालन संचारकर्मी रश्मि कुँवरले गरेकी थिइन् ।
डोटी महोत्सबमा बिभिन्न स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

