Sujang

डोटीमा संघ र प्रदेशमा १४ जनाको उम्मेदवारी दर्ता

Ban

असोज ,२३ गते ,डोटी –आगामी मंसिर -४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डोटीबाट १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा एक मात्र प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेकोमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभामा राजनीतिक दलबाट चार जना र दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

सत्तागठबन्धनका तर्फबाट एकिकृत समाजवादीबाट नेता तथा पुर्ब मन्त्री प्रेमबहादुर आलेमगर, एमालेबाट गौरी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अंक बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशब खड्का र स्वतन्त्रबाट नरेन्द्रबहादुर खड्का, राजप्रशाद जोशीले उम्मेदवारी दर्ता गरेका मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Krishi

प्रदेश सभा ‘क’मा पाँच जना र ‘ख’मा तिन पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेश सभा ‘क’ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस डोटीका पार्टी सभापती नरेन्द्रबहादुर सिंह, एमाले डोटी अध्यक्ष चक्र बहादुर मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेत्र नाथ, हाम्रो नेपाल पार्टीबाट शैलेन्द्र खड्का,जसपाबाट कलावती श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रदेश सभा ‘ख’ तर्फ गठबन्धनका तर्फबाट माओवादी डोटी ईञ्चार्ज शिब सिं वली, एमालेबाट टेकबहादुर बम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहन बमले उम्मेदवारी दर्ता गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.