

फागुन ६ गते ,डोटी :डोटीमा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाई गरिएको छ । मंगलवार राट्यि प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति डोटी तथा दिपायल सिलगढी नगरपालिका सहयोगमा दिपालयमा रहेको मठ वरपर सरकफाइ गरीएको हो ।
दिवस मनाउन पूर्व तयारी स्वरुप सोमवार बसेको बैठकको निणर्य अनुसार दिपालयमा रहेको मठ वरपर सरसफाइृ कार्यक्रम गरिएको जिल्ला समम्वय समितिका प्रमुख लक्ष्मण वहादुर सिँहले वताए।
बैठकले प्रजातन्त्र दिवस मनाउन सरकारी स्तरबाट जिल्ला समन्वय समितिका प्रमुख सिँहको संयोजकत्वमा मुल समारोह समिति समेत गठन गरेको थियो ।


दिपाल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजि सिं खड्का , जिल्ला समन्वय समिति उप प्रमुख स्मृति चुनारा ,प्रमुख जिल्ला अधिकारी मोहनराज जोशि, दिपाल सिलगढी नगरपालिकाका उप प्रमुख कलावती महर साउँद लगाएतको उपस्थितिमा सरकारी अधिकारीहरु, नागरिक समाज , राजनितिक दलका प्रमुख प्रतिनिधि, सुरक्षा निकाय प्रमुख प्रतिनिधि, पत्रकार लागयतको उपस्थिति रहेको थियो ।

बुधबार विहान जिल्ला अस्पतालका विरामीलाई फलफूल बितरणका साथै वालसुधार गृहमा खेलकुद सामग्रि वितरण कार्यक्रम तय गरिएको छ । त्यस्तै भोलि साँझ शैलेश्वरी मन्दिरमा परिसरमा दिप प्रज्वलनको कार्यक्रम रहेको सिँहले बताए ।

