Sujang

डोटीको बडिकेदार गाउँपालिकामा तीन दिनदेखी टेलिफोन सेवा अबरुद्ध

Ban

एकेन्द्र चन्द ,असोज २३ गते – डोटीको बडिकेदार गाउँपालिका वडा नं ५ र ३ मा तिनदिन देखि फोन सेवा अवरुद्ध भएको छ। फोन अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रका नागरिक सेवाबाट वञ्चित भएका छन्।

Krishi

लगातार रुपमा बर्षा भैरहेकाले सोलार सिस्टम बाट संचालित रहेको बडिकेदार गाउँपालिका वडा नम्बर ५ अतरकाडामा रहेको नेपाल टेलिकमको टावरमा पावर नपुग्दा सेवा अबरुद्ध भएको स्थानियले बताएका छन् ।
फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही निकै मर्कामा परेका छन्।

उक्त टावरबाट जिएसएम र सिडिएमए सेवा अवरुद्ध भएका छन्। नेपाल टेलिकमका फोन अवरुद्ध भएपछि यस ठाउँको फोर जि ईन्टरनेट पनि बन्द भए संगै निरन्तर पानी परिरहेकाले बिरामी अथवा तत्काल नै अस्पताल लैजान खबर गर्न समस्या भएको स्थानीय बम बहादुर चन्दले बताए।

त्यस्तै जोरायल गाउँपालिकाका विभिन्न ठाउँमा पनि
नेपाल टेलिकमका फोन अवरुद्ध भएको स्थानियले बताएका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.