Sujang

यी हुन् सुदुरपश्चिममा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार

Ban

असोज – नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभाको उम्मेदवारी लगभग टुंग्याएको छ ।

सत्तारुढ दलबीचको सीट बाँडफाँटमा कांग्रेसले प्रतिनिधिसभाका १६ सीटमध्ये ९ लिएको छ ।

Krishi

लिएका सबै सीटहरूमा उम्मेदवारी टुंग्याएको छ ।
कांग्रेसको शनिबार बिहान बसेको संसदीय समितिको बैठकले टिकट टुंग्याएको स्रोतले बतायो ।

जसअनुसार डडेलधुरामा पार्टी सभापति शेरबहादुर देउवा, कञ्चनपुर–२ मा एनपी साउँद, कञ्चनपुर–३ मा रमेश लेखक, कैलाली–१ मा रामजनम चौधरी, कैलाली–४ मा वीरबहादुर बलायर, कैलाली–५ मा डिल्लीराज पन्त, अछाम–२ मा पुष्प शाह, दार्चुलामा दिलेन्द्रप्रसाद बडू र बाजुरामा बद्री पाण्डेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभातर्फमा पनि लगभग उम्मेदवारी टुंगिएको स्रोतले बतायो । पहाडीमा सबै निर्णय सकिदाँ कैलाली र कञ्चनपुरबारे छलफल भइरहेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.