Sujang

पुर्विचौकी गाउँपालिकाले सबै वडामा चिकित्सक सहितको स्वास्थ्य सेवा दिने

Ban

दीपेन्द्र खड्का ,मंसिर २,डाेटी: डोटीको पुर्विचौकी गाउँपालिकाले वडाका स्वास्थ्य चौकी वाट चिकित्सक सहितको स्वास्थ्य सेवा दिने भएको छ ।

पालिकाको जनताको स्वास्थ्य मध्यनजर गर्दै गाउ गाउँमा गएर बिरामी चेकजाँच,उपचार तथा सल्लाह दिई स्वास्थ्य समस्या समाधानका लागि सेवा दिन लागिएको पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

Krishi

अघिल्ला दिन हरूमा पालिको केन्द्रमा रहेको स्वास्थ्य संस्थाबाट नियमित चिकित्सकीय सेवा दिइरहेको भए पनि भौगोलिक विकटताले सबै वडाका जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन कठिनाइ भएका कारण वडामा रहेका स्वास्थ्य चौकीबाट चिकित्सक सहितको स्वास्थ्य सेवा दिन लागिएको अध्यक्ष उपाध्यायले बताए ।

महिनाको कम्तीमा दुई दिन एक वडाको स्वास्थ्य संस्थाबाट सेवा दिने गरी कार्य भइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठले बताए ।

सोही अनुरूप पहिलो चरणमा यही मिति २०८१ मङ्सिर ३ गते देखी ५ गते सम्म पालिकाको वडा नं.६ गाँजरी स्वास्थ्य चोैकी र २०८१ मङ्सिर ६र७ गते वडा नं. ७ पोखरी स्वास्थ्य चौकीमा चिकित्सक सहितको स्वास्थ्य सेवा दिने पालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.